साधारणसभा रोक्न अल्पकालिन अन्तरिम आदेश

पूर्णपुष्टि, पुस २ गते ।
पुस ३ गते हुने भनिएको त्रियुगा उद्योग वाणिज्य संघको साधारण सभा रोक्न अदालतबाट आन्तरिम आदेश जारी भएको छ ।
उच्च अदालत विराटनगरबाट अल्पकालिन अन्तरिम आदेश जारी गर्दै साधारणसभा रोक्न भनेको हो । चुडामणी कार्कीको निवेदनमा उच्च अदालतले पुस १ गते अन्तरिम आदेश जारी गरेको हो ।

हाल संघमा दुई पक्षबीच वाद विवाद देखिएको छ । एक समुहले अर्को समुह विरुद्ध अदालत जाने र क्रियाकलाप गर्नबाट रोकछेक गर्ने प्रतिष्पर्धा चलिरहेको छ । यसै क्रममा हाल स्वतन्त्र समुह भनिएको टिमको नेतृत्व गर्दै कार्की साधारणसभा रोक्न अदालत पुगेका हुन् ।

दुवै पक्षलाई छलफलमा राखेर निष्कर्षमा पुग्न उपयुक्त देखिएको भन्दै अदालतले अन्तरिम आदेश जारी गरेको छ । अदालतको आदेशलाई सम्मान गर्दै साधारण सभा रोक्ने जनाएको छ ।
संघका अध्यक्ष गजेन्द्र भगतले पाँचवर्षसम्म पनि एउटासम्म साधारण सभा नगराएपछि बरिष्ट उपाध्यक्ष रमेश रसाईली नेतृत्वमा साधारण सभा गर्ने तयारी भएको थियो । बरिष्ठ उपाध्यक्ष रसाईली नेतृत्वको बहुमत पदाधिकारीले संघमा मनपोली चलाइ आर्थिक अपचलनसमेत गरेको प्रमाणको आधारमा विधान बमोजिम अध्यक्ष भगतलाई साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको छ । अध्यक्ष कारवाहीमा परेपछि कार्यावाहक अध्यक्ष बनेका रसाईलीले संघलाई सधै अनिर्णयको बन्दी बनाईराख्न नहुने भन्दै साधारणसभा गर्न खोजेको तर आन्तरिम आदेश आएकोले अदालतको आदेशको सम्मान गर्दै हाललाई स्थगित गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: