Monday, April 20News That Matters

साफ च्याम्पियनसिपमा आज नेपाल र भारत भिड्दै

पूर्णपुष्टि,असार ९ । साफ च्याम्पियनसिपको पहिलो खेलमा कुवेदसंग हार व्यहोरेको नेपालले आज दोस्रो खेल साबिक विजेता तथा घरेलु टोली भारतसँग खेल्दैट । खेल बैङ्गलुररुको श्री कान्तिराभा रंगशालामा नेपाली समय अनुसार बेलुका पौने ८ बजेबाट सुरु हुँने भएको हो ।

पहिलो खेलपछि दिएको प्रतिक्रियाबाट नेपाली टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टोले दोस्रो खेलमा सम्भवत आक्रमक फुटबल खेलाउने छन् । लामो समयदेखि भारतीय फुटबल र त्यहाँ खेलाडीका विषयमा जानकार भिन्सेन्जोले आज हुने भारतविरुद्धको खेलमा त्यहि अनुरुप रणनीति बनाउने छन् ।

८ पटकको विजेता र ४ पटकको उपविजेता भारत घरेलु भूमिमा अहिलेसम्म भएका ३ वटै संस्करण जितेको छ । भारतले हालैमात्र घरेलु मैदानमा कन्फेडेरेसन कप र थ्री नेशन्स कप जितिसकेको छ, भने एफएसी एसिया कपको तयारीमा पनि छ । यता पहिलो खेल गुमाएको साबिक विजेता नेपाल सेमिफाइनलमा पुग्न भारतविरुद्ध जित्नै पर्ने दबाबमा छ । तर साफको इतिहास हेर्ने हो भने भारत सँधै नेपालको तगारो बन्दै आएको छ ।

भारत र नेपालबीच अहिलेसम्म २३ खेल हुँदा भारत १६ खेलमा विजयी हुँदा नेपालले २ खेलमात्र जितेको छ । ५ खेल बराबरी भएको छ । साफमा मात्र यी २ बीच ८ खेल हुँदा नेपालले १ खेलमात्र जितेको छ भने बाँकी सबैमा हार व्यहोरेको छ । सन् २०१३ मा घरेलु मैदानमा भएको साफको समूह चरणमा नेपालले भारतलाई २–१ गोलले हराएको थियो।