सामाजिक अभियान्ता र शिक्षकको पहलमा पन्चावती मा.वि का १४३ विद्यार्थीलाई न्यायो कपडा वितरण

पूर्णपुष्टि, १६ माघ ।
चिसोबाट बचाउँदै पठनपाठनमा सहयोग पुराउन उदयपुरगढी गाउँपालिका ५ पन्चावती मा.वि का १४३ विद्यार्थीलाई लाई न्यान्यो कपडा वितरण गरिएको छ । सामाजिक अभियान्ता सि.एम. गुरागाई र सोही विद्यालयका सह प्रध्यापक देवीचरण भट्टराईको पहलमा न्यायो कपडा ट्रयाक सुट वितरण गरिएको हो ।

जाडो समयमा विद्यार्थीहरुलाई विद्यालय आवत जावत र अध्यानमा सहज बनाउने भन्दै गुरागाई र भट्टराईले न्यानो कपडाको लागि पहल गरेका थिए । उनिहरुले सोही विद्यालयका पूर्व विद्यार्थी फिल्यान्डमा बस्दै आएका अर्थशास्त्री जगन्नाथ काफ्ले र इजरायल बस्ने समाजसेवी देवीमाया घलेलाई न्यानो कपडामा आर्थिक सहयोगका अपिल गरे । सोही अनुसार काफ्लेले ५० हजार एक सय र घलेले ५० हजार न्यानो कपडाका लागि आर्थिक सहयोग गरेका थिए ।

विद्यालयका प्रध्यानाध्यापक भक्त राईले जम्मा १ लाख १ सय बराबरको न्यान्यो कपडा विद्यार्थीलाई वितरण गरिएको जनाए । प्र.अ राईले विद्यालयको तर्फबाट कपडा वितरणमा सहयोग पुराउने सहयोगदाता काफ्ले र घले सँगै सामाजिक अभियान्ता गुरागाई र शिक्षक भट्टराईलाई धन्यवाद व्यक्त गरे । राईका अनुसार कक्षा ५ देखी कक्षा १२ सम्मका विद्यार्थीलाई कपडा वितरण गरिएको समेत जानकारी दिए ।

कपडा सहयोगदाता कफ्लेका भान्जा सन्तोष निरौला र घलेकी आमा बिष्णुमाया घलेले विद्यालयका व्यवस्थापन अध्यक्ष पदमराज कार्की र प्र.अ भक्तराज राईलाई प्रदान गरेका थिए । कपडा वितरण कार्यक्रममा पालिका अध्यक्ष मान वहादुर केप्छाकी मगर, उपाध्यक्ष जित बहादुर खड्का, वडा अध्यक्षहरु, बुद्धिजीवी, अभिभावक लगायत सल्लाहकारहरुको सक्रिय उपस्थिती रहेका थिए । पहलकर्ता गुरागाई लामो समयदेखी सामाजिक सेवा तर्फ उन्मुख छन् । उनले अन्य क्षेत्र तर्फ पनि आउँदो दिनहरुमा समन्वयको कार्यलाई थप मजबुद बनाउने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0