Friday, October 4News That Matters

सामीद्वारा पत्रकारसंग अन्तरक्रिया

पूर्णपुष्टि/गाईघाट, पुस १६ गते ।

सुरक्षित आप्रवासन परियोजना (सामी)ले उदयपुरमा गरेको गतिविधिको बारेमा जानकारी राख्दै पत्रकारहरुसंग अन्तरक्रिया आइतबार गरेको छ ।

जिल्ला समन्वय समितिको हलमा पत्रकारहरुसँगको अन्तक्रिया तथा छलफल कार्यक्रममा पहिलो बर्षमा गरिएको गतिबिधि र अव गरिने बिभिन्न कार्ययोजनाहरुको बारेमा परियोजनाका उदयपुर संयोजक सोनम राईले जानकारी दिनुभयो ।

बिदेशमा पुगेर नेपालीहरुले दुख पाउने, ठगिने र कतिको ज्यानैसमेत जाने खालको असुरक्षित प्रवृतिको अन्त्यका लागि सामीले विभिन्न जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । तरपनि त्यस्ता समस्याहरु अझैपनि रहेको अवस्थालाई हटाउन पत्रकारहरुको सहयोग अपरिहार्य र महत्वपूर्ण रहेको संयोजक राईले बताउनुभयो ।

सहभागि पत्रकारहरले सामीले बैदेशिक रोजगारको समस्यालाई जिल्लामा न्युनिकरण गर्न सफल भएको प्रतिक्रिया दिदै अझ प्रभावकारीढंले अगाडी बढ्न छापा तथा विद्युतीय सञ्चारमाध्यमहरुसंग सहकार्य र समन्वय बढाउन सुझाव दिए । यतिवेला सामिले सुरक्षित बैदेशिक रोजगारका लागि युवाहरुलाई क्षमता अनुसारको विभिन्न खाले निशुल्क सिपमुलक तालिम र बिदेश जानु भन्दा पहिले महत्वपुर्ण जानकारीहरु लिएर मात्रै बिदेश जान अनुरोध गरिएको छ ।

आफुलाई सुरक्षित महसुस गर्दै सामिमा सोधपुछ गर्ने र प्राप्त तालिमको सदुपयोग गरी सामि परियोजना बाट बिदेशिने युवाहरुले अहिले भने जस्तो काम तलब र सेवा सुविधा पाउन थालेको बताइएको छ ।

सामीले सचेतनामात्र नभई विभिन्न समस्यामा परेकाहरुलाई उद्धार, क्षतीपूर्ती उपलब्ध गराउनेसमेतको काम गरेको जनाइएको छ । भनेको जस्तो काम तलव र कम्पनी नपाएका नेपालीहरुको उद्वार तथा पैसा फिर्ता, बिदेशमा मृत्यु भएकाहरुलाई क्षतिपुर्तिको व्यवस्था र अन्य समस्यामा आएकाहरुलाई पनि कागजातको आधारमा उद्वार गर्ने काममा सफल भएको जनाएको छ ।

सामीले यसबर्षमा निशुल्क सूचना तथा परामर्श सेवा, निशुल्क कानुनी साहयता, निशुल्क सिप तालिम, स्थानीयतहमा निर्वाचित जन प्रतिनिधिहरुलाई सुरक्षित बैदेशिक रोजगार बिषयमा अभिमुखिकरण, प्रहरी अधिकृत तथा जवानहरुलाई अभिमुखिकरण, जिल्लामा कार्यरत पत्रकारसँग छलफल अन्तक्रिया, बिद्यालय अभिमुखिकरण, अन्तराष्ट्रिय आप्रवासन दिवस लगायतका कार्यक्रमहरु तय गरी कतिपय कार्यक्रम सम्पन्न गरिसकेको जनाएको छ ।

यो पनि…
कसरी पुग्छन् विदेश महिला ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0