साउन ३० गते ।
अविरल वर्षाले आएको बाढीका कारण क्षतिग्रस्त भएका सिँचाइ आयोजना पुनर्निर्माण गर्न करिब सवा २ अर्व लाग्ने भएको छ ।
क्षतीग्रस्ट संरचनाका लागि करिब २ अर्व ११ करोड २२ लख रुपैया लाग्ने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् ।
तात्कालीन र दीर्घकालीन कार्ययोजना अनुसार तात्कालीन मर्मत र निर्माणका लागि ३८ करोड २२ लाख आवश्यक पर्ने सिँचाइ विभागले देखाएको मन्त्रिले बताए । मर्मतका लागि अर्थमन्त्रालयसँग ३८ करोड २६ लाख ५२ हजार रुपैयाँ उपलब्ध गराउन माग उनले बताए ।
गत वर्ष ५ अर्ब बजेट निकासा भएकोमा यस बर्ष साढे २ अर्ब मात्रै भएको भन्दै सबै बजेट स्थानीय तहमा गएकाले नदी संरक्षण, नियन्त्रण र जोखिम न्यूनीकरणका लागि तीन वटै सरकारबीच समन्वय आवश्यक पर्ने मन्त्रि पुनले बताए ।
