Tuesday, June 9News That Matters

सिकार खेल्न गएका एक जनाको गोली लागी मृत्यु

पूर्णपुष्टि, चैत १४ 

दाङमा सिकार खेल्न गएका एक जनाको गोली लागेर मृत्यु भएको छ ।

घोराही उपमहानगरपालिका–१३ का ५० वर्षीय टेकबहादुर गुरुङको गोली लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घोराही उपमहानगरपालिका–१२ को जंगलमा शुक्रवार राति सिकार खेल्न गएका गुरुङलाई गोली लागी मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनास्थल पुग्न तीन/चार घण्टा  पैदल हिँड्नु पर्ने तथा फोन सम्पर्क समेत राम्रोसँग हुन नसकेका कारण घटनाबारे थप विवरणहरू आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

गोली चलाउने व्यक्तिलाई नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएको छ । गोली चलाउने व्यक्तिको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।