Thursday, July 2News That Matters

सिञ्जामा आँखा उपचार केन्द्र सञ्चालन

पूर्णपुष्टि, फागुन २७ 

जुम्लाको सिञ्जामा आँखा उपचार केन्द्र संञ्चालन भएको छ । सिञ्जा गाउँपालिकाको नराकोट स्वास्थ्य चौकीमा आँखा उपचार केन्द्र सञ्चालन भएको हो ।

स्थानीयको राहतका लागि गाउँमै आँखा उपचार केन्द्र सञ्चालनमा ल्याइएको छ । उपचार केन्द्र सुरु भएसँगै सदरमुकाम खलङ्गामा रहेको आँखा उपचार केन्द्रको पहुँचमा नरहेका सिञ्जा क्षेत्रका नागरिकले राहत पाउने भएको पालिकाले जनाएको छ ।

सामान्य आँखाका बिरामी हुँदा पनि महँगो खर्च गरेर सदरमुकाममा जानुपर्ने नागरिकको बाध्यतालाई मध्यनजर गर्दै उपचार केन्द्रमार्फत सेवा दिन सुरु गरिएको पालिकाले जनाएको छ ।