
पूर्णपुष्टि, फागुन २७
नेपालमा आज थप ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या दुई लाख ७५ हजार ७० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप ६६ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७१ हजार एक सय १६ पुगेको मन्त्रालयले जनाएको छ ।
अहिले नौ सय ४२ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
अहिलेसम्म नेपालमा सङ्क्रमणबाट तीन हजार १२ जनाको मृत्यु भईसकेको छ ।
