Wednesday, July 1News That Matters

कालोबजारी गर्ने १ जना व्यापारी पक्राउ

मोरङ, फागुन २७

मोरङको विराटनगरबाट कालोबजारी गर्ने एक जना ब्यापारी पक्राउ परेको छ । विराटनगर–११ जनपथ टोलका ७८ बर्षीय शंकरलाल खेम्कालाई मोबिल र ईनामेल कालोबजारी गरेको अभियोगमा पक्राउ परेको हो ।

बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले आज दिउसो पौने १ बजे खेम्काको गोदामबाट २ सय लिटर मोविल सहितको १५ वटा ड्रम, २० लिटरको मोविल सहितको ३ वटा ड्रम, १० लिटरको मोविल सहितको २ वटा बाल्टी, १ लिटरको मोविल सहितको १४ वटा बट्टा, २ सय लिटरको खाली ड्रम २४ वटा, सर्वोको स्टीकर १ सय पिस, सर्वोको स्टीकर छाप्ने फर्मा २१ वटा, खाली १ लिटर वाला सर्वोको स्टीकर लगाएको १ सय थान, स्टीकर नलगाएको १ लिटरको खाली बोतल २ सय थान, एशियन पेन्ट लेखिएको ईनामेल ५ सय लिटरको ७ बट्टा बरामद गरेको प्रहरीले जनाएको छ ।

खेम्काले विगत २० बर्ष अगाडी देखि गोदाम भाडामा लिई नक्कली मोविललाई सर्वोको स्टीकर टाँसी विक्री बितरण गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पक्राउ परेका खेम्कामाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।