
पूर्णपुष्टि, जेठ ६ । सुनसरीमा सिटिसँग साईकल ठोक्किएको निहुमा एक युवाको हत्या भएको छ । इटहरी उप–महानगरपालिका–७ का २८ बर्षीय भिम भनिने राम कुमार पण्डितको हत्या आरोपमा इटहरी–७ का ३३ बर्षीय उमेश चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका अनुसार शनिबार बेलुका साढे ५ बजे इटहरी–७ स्थितमा इटहरी उप–म.न.पा. ००१ ह ०३५ नम्वरको सिटी सफारी र साईकल एक आपसमा ठोक्किएको थियो । सामान्य दुर्घटनाको निहुको विषयमा विवाद हुँदा चौधरीले खुकुरी प्रहार गरी पण्डितको हत्या गरेको प्रहरीले जनाएको छ । चौधरीले पण्डितको शरिरको बिभिन्न भागमा खुकुरी प्रहार गर्दा उनको घटना स्थलमै मृत्यु भएको प्रहरीको भनाई छ । घटनामा संलग्न चौधरीलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।