
पूर्णपुष्टि, वैशाख १७ गते ।
मोरङको बिराटनगर महानगरपालिका–६ स्थितबाट चोरीमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बिराटनगर–८ का २२ वर्षीय मोहमद जुमन, बिराटनगर–११ का ३४ बर्षीय मोहमद अन्सारुल र बिराटनगर–१२ का २२ वर्षीय पवन रविदासलाई प्रहरीले पक्राउ गरेको हो ।
हिजो बिहान वडा प्रहरी कार्यालय (क) बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर–६ स्थित रामपुर चौकमा सिटी सफारीमा प्रयोग हुने ५ थान ब्याट्री चोरी गरी को.२ ह ३६१० नम्बरको अटो टेम्पोमा लादै गरेको अवस्थामा तीनै जनालाई समानसहित पक्राउ गरेको थियो । अनुसन्धानको क्रममा वि.न. १ ह ००९३ नम्बर र को. १ ह ७८१८ नम्बरको दुई वटा सिटी सफारी समेत उनिहरुले चोरी गरेको खुल्न आएको हुँदा सिटी सफारी समेत बरामद गरी थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
