
पूर्णपुष्टि उदयपुर, चैत १८ गते
उदयपुरका नयाँ प्रमुख जिल्ला अधिकारीको आगमन भएको छ । गत सोमबारदेखि प्रजिअ विष्णुकुमार कार्की कार्यालयमा हाजिर हुनु भएको हो । आइतबार आयोजित पत्रकारहरुसंगको परिचयात्मक कार्यक्रममा प्रजिअ कार्कीले जिल्लालाई शात, सुन्दर र सम्मानित बनाउन लागी पर्ने बताउनुभयो ।
उहाँले सबैको सल्लाह र सुझावको आधारमा अगाडी बढ्ने बताउनुभयो ।उहाँले मर्यादीत पत्रकारिताले मात्र विकास सम्भव रहेको भन्दै सूचनाको पहुँचमा कमी हुन नदिने बताउनुभयो । जिल्लाको समस्याहरुबारे जानकारी लिदै समाधानका लागि स्थानीय सरकारसंग समन्वय तथा पहल कदमी बढाउने र त्यसका लागि सबैको सहयोगको अपेक्षा गरिएको पनि उहाँले बताउनुभयो । त्यसमा पत्रकारहरुको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।
भोजपुर घर भएका प्रजिअ कार्कीले उदयपुर बसिन्जेल उदयपुरलाई नै आप्mनो घर ठानेर काम गर्ने बताउनुभयो । विभिन्न जिल्लामा प्रजिअको कार्य अनुभव संगालिसकेका कार्की गृह मञ्त्रालयबाट उदयपुर आएका हुन् । लामो समय जिल्लामा प्रजिअ नहुदा प्रशासनको कार्य सम्पादनमा कठिनाई सिर्जना भईसकेको थियो । उहाँको आगमनसंगै प्रशासनको कार्यसम्पादन सरल र सहजरुपमा अगाडी बढ्ने कार्यालयले जनाएको छ ।
भिडियो