Tuesday, November 18News That Matters

सिद्धार्थ बैँक गाईघाट शाखाद्धारा १५ ओटा डस्विन प्रदान

पूर्णपुष्टि, ७ जेष्ठ ।
सिद्धार्थ बैँक गाईघाट शाखाद्धारा १५ ओटा डस्विन वितरण गरिएको छ । शाखाले वडा कार्यालय, विद्यालय सहित अन्य विभिन्न संघ समितिहरुलाई डस्विन वितरण गरेको हो । त्रियुगा नगरपालिकाको ११, १२ नं वडा, जनप्रेमि आधारभुत विद्यालथ १३ नं वडा, राधाकृष्ण मन्दीर व्यवस्थापन समिति, भगवती मन्दीर व्यवस्थापन समिति, जिल्ला ब्यटमिन्टन संघ उदयपुर र राधा माधव समितिलाई डस्विन प्रदान गरिएको बैक गाईघाट शाखा प्रमुख सुनिल पोखरेलले जनाए ।

पोखरेलका अनुसार बैँकको संस्थागत सामाजिक उत्तर दायित्व शिर्षशक अन्तर्गत ५० हजार बराबरको डस्विन प्रदान गरिएको हो । ११ नं वडालाई ५ ओटा, १२ नं वडालाई २ ओटा, जनप्रेमीलाई २ ओटा, राधाकृषण मन्दीरलाई २ ओटा, भगवती मन्दीरलाई २ ओटा, जिल्ला व्यडमिन्टन संघलाई १ ओटा र राधा माधव समितिलाई १ ओटा गरी १५ ओटा डस्विन वितरण गरिएको हो ।

डस्विन ११ नं वडा अध्यक्ष सुमन्त कोईराला, १२ नं वडा अध्यक्ष अनिता थापा, जनप्रेमी स्कुलका प्रध्यापक गोपाल पोखरेल, राधा कृष्णका सदस्य केशव भट्टराई, भगवती मन्दीरका सचिव युवराज पराजुली, व्याडमिन्टन संघका अध्यक्ष कालिदास राई (किशन) र राधा माधवका उपाध्यक्ष उदय कुमार बस्नेतलाई शाखा प्रमुख सुनिल पोखरेलले हस्तान्तरण गरेका थिए ।