Monday, June 29News That Matters

सिन्धुपाल्चोकमा पहिरोले पुरेर ५ जना बेपत्ता

पूर्णपुष्टि,  साउन १

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा पहिरोले घर पर्दा ५ जना बेपत्ता भएका छन् ।

घर माथीबाट खसेको पहिरोले ग्याल्जेन शेर्पा र नोर्सङ्ग शेर्पाको घर पुरेको गाउँपालिकाले जनाएको छ । पहिरोले ग्याल्जेन शेर्पाको घर पुरिंदा उनका ५ जना परिवार बेपत्ता भएको प्रहरीले जनाएको छ ।

उद्धारका लागि प्रहरीको टोली र स्थानीय बासिन्दा खटिए रहेको जनाईएको छ । पहिरोले फुल्पिङकट्टीको पञ्चकन्या स्कुलमा पनि क्षति गरेको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको जनाईएको छ ।