सिभिल बैँक गाईघाट शाखाद्धारा बार्षिक उत्सवको अवसरमा जेहेन्दार छात्रालाई छात्राबृति

पूर्णपुष्टि, पुष ११
सिभिल बैंक गाईघाट शाखाले आफ्नो ११औँ बार्षिक उत्सवको अवसर पारेर एक जना गरिब तथा जेहेन्दार छात्रालाई छात्राबृति प्रदान गरेको छ । जनता मावि श्रीपुरको एक सामुदायिक विद्यालयमा अध्ययनरत गरीब जेहेन्दार छात्रालाई छात्राबृति प्रदान गरेको सिभिल बैँक गाईघाट शाखा प्रमुख सन्जय सिग्देलले जनाएको छ ।
शुक्रबार आयोजित कार्यक्रममा कक्षा ६ मा अध्यानरत छात्रा श्रृष्टि कटुवाललाई नगद रु पाँच हजार पुरस्कार सहित छात्राबृत्ति प्रदान गरेको हो ।
शाखा प्रमुख सन्जय सिग्देल सहित, दिल बहादूर कटुवाल, सुनिल आर्चाय लगायतका कर्मचारीहरुले विद्यालय पुगेर प्रधान्याध्यापक राधारमा खतिवडा र जिल्ला शिक्षा इकाई प्रमुख बाबुराम पोखरेलको तथा अन्य शिक्षक विद्यार्थीहरुको सहभागीमा छात्राबृति प्रदान गरिएको थियो ।
छात्राबृति लिएका श्रृष्टि कटुवालको आर्थिक अवस्था कमजोर तथा विद्यालयमा जेहेन्दार भएको हुदाँ सानो सहयोग स्वरुप उक्त रकम प्रदान गरिएको सिभिल बैंक गाईघाट शाखाका प्रबन्धक सन्जय सिग्देल ले जानकारी दिए ।
देशैभरी रहेको सिभिल बैंकको ११५ शाखाहरु रु पाँच हजारका दरले जेहेन्दार तथा विपन्न छात्रालाई छात्राबृति दिएको छ भने बिभिन्न शाखाहरुले रक्तदान कार्यक्रम गरेको बंैकको कर्मचारी दिल बहादूर कटुवालले बताए ।
बाँकी अन्य देशैभरीका ब्रान्चले ११ औँ वार्षिकोत्सव मनाउने क्रममा आज र भोलि सम्ममा छात्राबृति तथा रक्तदान कार्यक्रम गर्ने कटुवालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: