सिरहामा छुरा प्रहारबाट एक जनाको मृत्यु, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

पूर्णपष्टि, पुष ४
सिरहामा छुरा प्रहारबाट एक जनको ज्यान गएको छ । गोलबजार नगरपालिका–६ गोलबजारमा शनिबार राति पौने ८ बजे दुई पक्षबीच झडप हुँदा २६ वर्षीय रामकुमार सदाका छुरा प्रहारबाट ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीका अनुसार दुई समूहबीच छुरा हानाहान हुँदा सदाको ज्यान गएको र अर्का एक घाइते भएको छ ।
प्रहरीका अनुसार झडपमा गम्भीर घाइते भएका सदालाई उपचारको लागि आरके मेडिसिटी अस्पताल लगिएको थियो । त्यहाँ पु¥याएलगत्तै उनलाई चिकित्सकहरूले मृत घोषणा गरेका थिए । त्यस्तै निकेश सदा गम्भीर घाइते छन् । उनको उपचार भइरहेको छ प्रहरीले जनाएको छ ।
दुई पक्षका ६–७ जनाबीच झडप भएको प्रहरीले जनाएको छ । उनीहरू अहिले फरार छन् ।

प्रहरीले घटनामा संलग्नको खोजी गरिरहेको छ । घटनाको कारण खुलिनसकेको प्रहरीले जनाएको छ ।
यसैबीच दोषीलाई कारबाही गर्न माग गर्दै स्थानीयले पूर्व–पश्चिम राजमार्गको गोलबजार खण्ड अवरोध गरेको छ । स्थानीयले सडकमै टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: