
पूर्णपुष्टि, असार १७
सिरि ए फुटबलमा युभेन्ट्सले जेनोआलाई ३–१ गोलले पछि पार्दै जित हात पारेको छ । गतराती घरेलु टोली जेनोआबिरुद्ध सहज जित निकाल्दै युभेन्ट्सले लिग तालिकामा स्पष्ट ४ अंकको अग्रता बनाएको हो ।
युभेन्ट्सको पाउलो ड्याबालाले खेलको ५० औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएको थियो । त्यस्तै ५६ मिनेटमा क्रिस्टियानो रोनाल्डोले र ७३ औँ मिनटमा एन्ड्रिया पिनामोन्टीले गोल गर्दै जित दिलाएको थियो ।
घरेलु टोलीका लागि एन्ड्रिया पिनामोन्टीले ७६ औं मिनेटमा एक गोल फर्काएका थिए । शीर्ष स्थानको युभेन्ट्सले ७२ अंक जोडेको छ ।
