
हरि सापकोटा
बर्दघाट, चैत्र ५ । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा पुर्व पश्चिम लोकमार्ग अन्तर्गतको चिसापानीमा अबैध ढाट राखेरै सिर्कोट कालिका बिल्डर्स एन्ड सप्लायर्सको नाम बाट अशुली हुँदै आएको छ। बर्दघाट नगरपालिका भएर चल्ने कबाड र भंगार बोकेका गाडीहरुलाई लोकमार्गमा खुलेआम पर्ची काटेर अशुली गर्दै आएका छन। सिर्कोट कालिका बिल्डर्सले बर्दघाट नगरपालिकाबाट आर्थिक वर्ष २०७९र८० का लागि कवाडि कर संकलन गर्ने ठेक्का प्राप्त गरेको छ।
स्थानीय नेताहरुको आडमा बर्दघाट नगरपालिका को मिलेमतोमा दिनदाहदै गुडिरहेका गाडी रोकाएर कर आतंक मच्चाउने विल्डर्सलाई बर्दघाट नगरपालिकाका नगर प्रमुखको साथ रहेको बुझिन्छ। नगर प्रमुखको आडमा खुले आम यसरी संचालन भएको अबैध अशुली प्रती स्थानीय कवाडी व्यबसायीहरुको व्यापक जनगुनासो रहदा पनि प्रशासनले कार्वाही गर्न सकेको छैन।
स्थानियका अनुसार यस कन्स्ट्रक्सन कम्पनीका संचालक तरुण दलका जिल्ला सदस्य हुन। नगरपालिकाको मिलेमतो र स्थानीय नेताको संरक्षणमा खुले आम अबैध अशुली गरिरहेका छन। यस्तो गतिबिधी भैरहदा पनि प्रहरी प्रशासन भने मुखदर्शक भएको स्थानियले आरोप लगाए। यश विषयमा बर्दघाट नगरपालिका संग बुझ्न खोज्दा नगरपालिकाले गरेको सम्झौतामा बर्दघाट नगरपालिका भित्र उत्पादन हुने स्थानिय कवाडी सामाग्रीमा कर उठाउने भन्ने रहेको र यसरी लोकमार्गमै ढाट राखेर कर उठाएको कुनै जानकारी नभएको नाम नखुलाउने सर्तमा एक कर्मचारीले बताए। सत्ता र शक्तीको आडमा यसरी अबैध अशुली गर्दा पनि प्रहरी प्रशासनले कार्वाही गर्न न सक्नु तथा यस्तो अबैध अशुली रोक्न नसक्नुलाई प्रशासन संग मिलेमतो रहेको प्रमाणित हुन्छ।
