
पूर्णपुष्टि, २० असार ।
नेपाल कपडा तथा सिलाई व्यवसायी संघका केन्द्रीय अध्यक्ष रामकृष्ण श्रेष्ठले सिलाई कटाई व्यवसायी सामान्य काम नरहेको बताए । उनले आज यी सिलाई ब्यवसायीहरुले निर्माण र रचना गरेको कपडालेनै समाजको इजत र पहिचान झल्काउने काम गरेको जनाए । सिलाई कटाई काम निकै गर्भ गर्न लायक काम हो, यो कुनै चानचुने काम हैन्, नेपालका जस्ता सुकै ठुला मान्छेहरुलाई आवश्यक पर्ने सामाग्री र उनिहरुको व्यक्तित्व भल्काउने इजत बचाउने काममा यी व्यवसायीहरुले मात्रै गरेको छ । उनले भने, ।
कुनै बेला जातिय बिषेश मानिने यो पेशा पछिल्लो समय सबै जातजातिहरुको रोजगार र व्यवसायको रुपमा परिणत भएको छ । अहिले यो पेसा समाज रुपान्तरणले गर्दा परिवर्तन र सम्मानित पेसाको रुपमा परिनत हुँदैछ उनले भने, । श्रेष्ठले यसलाई थप सुदृढ गर्दै व्यवसायीहरुको हितमा र अधिकार निर्माण गर्न संगठनमा आवद्ध भई काम गर्न उदयपुरका सिलाई व्यवसायीहरुलाई अनुरोध गरे । व्यवसायीहरु संगठनमा आबद्ध रही अगाडी बढे कोहि कसैले पनि यस पेसालाई हेप्न र गिराउन नसक्ने हुँदा संगठनमा सहभागी जनाउन सुझाए । संगठनमा एक भई अगाडी बढे व्यवसायीहरुको समस्याबारे सामुहिक चर्चा गर्न सकिने, पेसालाई सम्मानित र मर्यादित बनानउ पहल गर्ने र क्षमता अभिबृति समेत निर्माण हुने अध्यक्ष श्रेष्ठले बताए । उनले ब्यवसायमा पोलिसीहरु समेत चाहिने भएको हुँदा क्षमता अभिबृद्धिको पनि उत्तिकै महत्व रहेको जनाए ।
श्रेष्ठले कपडा सिलाउने कुनै पनि व्यवसायीहरु हतोत्साही नहुन पनि अनुरोध गरेको छ । समाजले सानो काम भन्दै हेप्ने यो पेसालाई संगठनले बलियो र सम्मानीत बनाउनु पर्ने उनले जनाए । पहिले भन्दा अहिले धेरै समाजहरुले यस पेसा प्रति सम्मान दिन थालेको हुँदा कम्जोरी महसुस नगर्न श्रेष्ठले सुझाएको छ ।
जिवनमा मान्छेलाई बाँस, गाँस र कपासको अत्यावश्यक भनिएको छ,“, बाँस बिना पनि मानिस केहि समय कतै झुपडी वा झाडीमा पनि बाँचेर उपाय खोज्न सक्छ, गाँस विना पनि केहि समय मान्छे उपाय खोज्न सक्छ, तर कपास बिना मानिस एकै सेकेण्ड पनि बाँच्न र इजत लुकाउन नसक्ने श्रेष्ठले जनाए । मान्छे एक सेकेण्ड पनि नाङ्गको हिड्न कल्पाना समेत गर्न नसकिने उनले बताए । यस्तो महत्वपूर्ण बिषयको आवश्यकता पुरा गर्ने व्यक्ति र व्यवसाय कहिले कम्जोरी हुन सक्दैन् । आफुलाई कम्जोरी भएको महसुस भए संगठनमा आबद्ध व्यवसायी संञ्चालन गर्नुस त्यसैको लागि यो संगठन निर्माण भएको छ , श्रेष्ठले व्यवसायीहरुले आह्वन गरे । श्रेष्ठ उदयपुरको दोस्रो साधारण सभाका लागि शनिवार गाईघाट आईपुगेका थिए ।
