
पूर्णपुष्टि, बैशाख ११ गते ।
१ न. प्रदेश सरकारद्धार स्वाव नमुना संकलन गर्नका लागी विराटनगरबाट स्वास्थ्यकर्मी टोली सिवाई आईपुगेको छ । भुल्केमा कोरोना संक्रमित ठूलो संख्या देखा परेपछि उच्च सतर्कता अपनाउदै चौदण्डिगढी–५ सिवाईमा स्वाव नुमना संकलन गर्न स्वास्थ्यकर्मी टोली आईपुगेको हो ।
भुल्केमा मुस्लिम समुदायमा त्यो पनि ठूलो संख्यामा कोरोना संक्रमित फेला परेपछि सिवाईको मुस्लिम समुदायका ५८ घरपरिवारमा स्वाव नुमना संकलन गर्न लागिएको नगरपालिकाले जनाएको छ । भुल्केमा फेला परेको संक्रमितसँग सम्पर्कमा रहेको हुन सक्ने आशंका गरिएको छ ।
विराटनगरबाट ६ जना, जिल्लाबाट ४ जना र नगरबाट ५ जना गरी १५ जनाको स्वास्थ्यकर्मी सिवाई आईपुगेको छ । अहिले स्वास्थ्यकर्मी टोली स्वाव नमुना संकलनको लागी तयारीमा जुटिरहेको चौनपा–५ का वडाध्यक्ष देवनारायण चौधरीले बताए ।
बढी बाहिर डिड्डुल गर्ने करिब ६० जना भन्दा बढीको स्वाव संकलन गर्ने गरि तयारी भईरहेको वडाले जनाएको छ । अहिले नेपालमै बढी कोरोना संक्रमित उदयपुरको भुल्केमा २८ फेला परिसकेको छ ।
