
पूर्णपुष्टि, बैशाख ११ गते ।
कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित भएकामध्ये सात लाखभन्दा बढी निको भएका छन् ।
दुई सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा भाइरस फैलिँदा संक्रमितको संख्या २६ लाख ३३ हजार नाघेको छ । जसमध्ये सात लाख १७ हजार दुई सय ८४ जना उपचारपछि निको भएका हुन् ।
अहिले १७ लाख ३१ हजारभन्दा बढीको उपचार भइरहेको छ । उपचार गराइरहेकामध्ये ५६ हजार छ सय ८० जना अर्थात् ३ प्रतिशतको अवस्था जटिल रहेको छ भने बाँकीको अवस्था सामान्य रहेको वल्डोमिटरले जनाएको छ ।
अहिलेसम्म संक्रमणबाट एक लाख ८३ हजारभन्दा बढीको मृत्यु भईसकेकोे छ । सबैभन्दा बढी अमेरिकामा साढे ४७ हजारभन्दा धेरैको मृत्यु भएकोे छ । अमेरिकामा आठ लाख ४६ हजारभन्दा बढीमा संक्रमण पुष्टि भईसकेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा २३ सयभन्दा बढीको मृत्यु भएको छ ।
यस्तै इटलीमा २५ हजारभन्दा बढी, स्पेनमा साढे २१ हजारभन्दा बढी, फ्रान्समा २१ हजारभन्दा बढी र बेलायतमा १८ हजारभन्दा बढीको मृत्यु भईसकेको छ ।
भारतमा कोरोना संक्रमितको संख्या २१ हजार नाघेकोे छ । संक्रमणबाट छ सय ८१ जनाको मृत्यु र चार हजार तीन सय ७० जना निको भएका छन् ।
