Monday, June 29News That Matters

आज लोकतन्त्र दिवस

पूर्णपुष्टि, बैशाख ११ गेत । 

आज १४ औँ लोकतन्त्र दिवस मनाईदै छ । १९ दिने जनआन्दोलनपछि लोकतन्त्र स्थापना भएको दिनको सम्झनामा बैशाख ११ गतेलाई लोकतन्त्र दिवस मनाउन थालिएको हो ।

२०६३ सालमा वैशाख ११ गते संसद् पुनर्स्थापनासहित नागरिकले अधिकार पाएका दिन हो । लकडाउनका कारण औपचारिक कार्यक्रम हुन नसके पनि लोकतन्त्र दिवसको छुट्टै महत्व छ ।

लोकतन्त्र स्थापना भएपछि जेठ ४ गते बसेको प्रतिनिधिसभाको बैठकले राजतन्त्र निलम्बनसहित महत्वपूर्ण ऐतिहासिक घोषणा गरेको थियो । घोषणपछि पहिलो पटक २०६४ चैत २८ गते पहिलो संविधानसभाको चुनाव भयो ।