
पूर्णपुष्टि, साउन ३१
भारत जाने भनेर हिडेका नौ जनालाई रमक असुलेको आरोपमा एक जना पक्राउ परेको छ । कैलालीको त्रिनगर भन्सार सीमा नाकामा आएका नौ जना व्यक्तिबाट रकम असुलेको आरोपमा माईकल भनिने एकेन्द्र खत्री पक्राउ परेको हो ।
बझाङ घर भई धनगढी बस्दै आएका खत्री रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । खत्रीलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको प्रहरीले जनाएको छ ।
