
पूर्णपुष्टि,माघ २५ । उदयपुरको सदरमुकाम गाईघाटमा अवस्थित सुखायु आयुर्वेदिक अस्पतालले त्रियुगा नगरपालिका वडा नं.३, मोतिगडामा स्वस्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको छ । वडाको स्वास्थ्य चौकीमा वडा नम्बर ३, मोतिगडाको आयोजना र सुखायु आयुर्वेदिक अस्पताल प्रा।लि। गाईघाट साथे सिटिजन लाइफ इन्योरेन्स शाखा गाईघाटको समन्वयमा शिविरको कार्यक्रम सम्पन्न गरेको हो ।
बुधवार स्वस्थ्य शिविरमा बिभिन्न ९६ जना विरामीहरुले सेवा प्राप्त गरेको छ । जसमा सब भन्दा बढी पाइल्स, फिसर, फिष्टुला, फिसर, पेट सम्बन्धी समस्या,महिला सम्बन्धी समस्या,हार्डजोर्नी तथा नशा सम्बन्धी समस्या र छाला सम्बन्धी समस्याका रोगीहरु पाईएको सुखायु आयुर्वेद अस्पतालका संञ्चालक इन्द्रजीत यादवले बताए । उनका अनुसार विरामीहरुले आर्थिक अभावका कारण उपचार नपाईको र बाध्यात्मक अवस्थामा स्वस्थ्यमा समस्या बोकि बस्न परेका बिरामीहरुका लागि बिशेष सेवा सहितको शिविर संञ्चालन गरिएको संचाकल यादवले बताए ।
बिरामीहरुले बिशेष गरी पाइल्स,फिसर,महिला सम्बन्धी समस्याहरु जस्ता रोगीहरुको बारेमा खुलेर भन्न नसक्ने भएकोले उक्त शिविर गाउँ घरमै सञ्चालन गरी स्थानीयहरुको सेवामा अस्पताल लागेको उनीहरु बताउछन् । शिविरबाट सेवा लिने बिरामीहरुलाई हस्पिटलको सम्पूर्ण सेवाहरुमा ५० प्रतिशत छुटको व्यवस्त रहेको जनाएको छ । यस अघि गत सोमबार सुखायु आयुर्वेदिक अस्पताल गाईघाटद्धारा त्रियुगा नगरपालिका वडा नं. १४, साउनेमा स्वास्थ्य शिविर गरिसकेको छ ।
