पूर्णपुष्ट, साउन ८ । अर्थमन्त्री डा. प्रकाशशरण महतोले सुचना दिनेलाई पुरस्कारको व्यवस्था गरेकोले १०० किलो सुन समातिएको बताएका छन् । सोमबार प्रेस युनियन रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भन्सारमा हुने अनियमिततालाई निश्तेज गर्न सुचना दिनेलाई पुरस्कारको व्यवस्था गर्न बजेटमा प्रस्ताव गरेको कारण सुन समातिएको उनले दाबी गरेका छन् ।
‘सुचना दिनेलाई पुरस्कार दिने व्यवस्था बिचमा हटेतापनि पुन : आफुले बजेटमा प्रस्ताव गरेकोले सुचना दिनेलाई प्रोत्साहन मिलेको उनले बताए । यस्ता घटनामा सुशासन सुनिश्चित गर्न, दुरुप्रयोग अनियमितता र गैरकानुनी क्रियाकलापलाई अन्त्य गर्न राज्य पुरै प्रतिबद्ध रहेको छ ‘मन्त्री महतोले भने’सुन प्रकरणको जरासम्म पुगेर अनुसन्धान हुन्छ । राजश्व अनुसन्धान विभागले पनि छानविन समिति बनाएर अनुसन्धान गरिरहेको छ ।
तस्करी हुन नदिन् विमानस्थलमा आधुनिक मेसिनहरु जडान गरिने बताएका छन् । सुन प्रकरणमा संलग्न कर्मचारीलाई निलम्बन गरिएको र भन्सार विभागले पनि छानबिन गरिरहेको उनले बताए । बरामद भएको सनु राज्य संयन्त्रबाटै पक्राउ गरिएको बताएका छन् ।