
पूर्णपुष्टि, असार ९
जन्मिएको शिशुलाई अनिवार्य आईसियुमा राख्नुपर्ने हुनाले तुरुन्त आईसियुमा राख्न मिल्ने अस्पताल लान डाक्टरले सल्लाह दिएपछि खोटाङका एक सुत्केरी महिलाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पा बुवालुङकी २४ वर्षीया शान्ता कटवाललाई उद्धार गरिएको हो । उनकोलाई महिला, बाल बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकोे राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकोप्टरबाट मंगलबार सुत्केरी महिलाको उद्धार गरिएको थियो ।
घरैमा सोमबार राती ११ बजेबाट सुत्केरी व्यथा लागेर सिकिस्त बनेकी महिलालाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाल आफू चढ्ने गरेको गाडीले राती २ बजेपछि जिल्ला अस्पताल ल्याएकान रिजालले बताउनुभयो ।
जिल्ला अस्पताल दिक्तेलमा उपचार असम्भव भएकाले नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौंको थापाथली प्रसूति गृहमा पठाइएकी कटवालको उपचार सुरु भएको सानिआमा विष्णुमाया थापाले जानकारी दिनुभयो । थापाका अनुसार आठ महिनामै उनलाई सुत्केरी व्याथा लागेको हो ।
राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत जिल्लाबाट हालसम्म नौ जना महिलाको उद्धार गरिएको छ ।
