
पूर्णपुष्टि, जेठ ३२ गते ।
आइतबार सुदूरपश्चिम प्रदेशमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रयोगशालामा गरिएको परीक्षणमा डोटीका ४ जना, अछामका ३ जना र कैलालीका २ जनामा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।
संक्रमित मध्ये ९ जना मध्ये ७ जना पुरुष र २ जना महिला रहेको जनाईएको छ । योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या २ सय ६४ पुगेको छ ।
