Friday, May 15News That Matters

सुदूरपश्चिम भेगमा हिउँ पर्ने सम्भावना

पुस ५ गते । 

पश्चिमी वायुको प्रभावले सुदूरपश्चिम र कर्णालीमा आज पानी र हिउँ पर्ने सम्भावना रहेको छ । सुदूरपश्चिम र कर्णालीको पहाडीमा आज पानी र हिउँ पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।

पहाडी भेगमा दिउँसोदेखि हल्का पानी र हिमाली क्षेत्रमा हिउँ पर्ने सम्भावना रहेको महाशाखाकाले जनाएको छ । तराईमा पश्चिमी वायुको प्रभाव घट्दै गएकाले शीतलहर पनि कम हुँदै गएको छ भने तराईमा दिउँसोदेखि मौसम सफा रहने महाशाखाले जनाएको छ ।