Monday, September 21News That Matters

सुधार केन्द्रमा युवकको हत्या गरेको आरोपमा सञ्चालक सहित १७ जना पक्राउ

पूर्णपुष्टि, जेष्ठ ४ । कैलालीको घोडाघोडी नगरपालिका–४ स्थित नयाँ बाटो पुनर्स्थापना केन्द्रमा एक युवकको हत्या गरेको आरोपमा संञ्चालक सहित १७ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पुनस्र्थापना केन्द्रका सञ्चालक बलराम खत्री सहित होम तामाङ, रोशन ऐर, विपुल सापकोटा, विनोद शाही, सुदर्शन अधिकारी, भूपेन्द्र खड्का, आकाश अधिकारी, नविन रावल, नमराज चौधरी, सञ्जिव मन्ने, सुमन भट्ट, गौरव आचार्य, कमल रिजाल र दुई जना नाबालक छन् ।

वैशाख २५ मा दिउँसो सुधार केन्द्रका सञ्चालक र आश्रितहरूले कुटेर २५ वर्षीय सुनिल शाहीको हत्या गरेको अनुसन्धाबाट खुलेको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी (डीएसपी) कवीन्द्र बोहराले जनाएको छ । उनीहरु विरुद्ध ज्यानसम्बन्धी कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको डीएसपी बोहराले जानकारी दिए ।