पूर्णपुष्टि/उदयपुर, फागुन १६ गते
-जिल्ला अस्पताल उदयपुर सुधार हुनुको साटो झनै अव्यवस्थित बन्दै गएपछि विरामीहरुले उपचारको साटो सास्ती भोगिरहेका छन् ।
सोमबार राती विरामीले डाक्टर खोज्दा नभेटिएपछि विरामीले ठूलै सास्ती खेप्नु पर्यो भने विरामीका आफन्तहरुले तनाव झेल्नु पर्यो । एक गर्भवती महिला त्रियुगा नगरपालिका ९ की गीता खड्काको अप्रेशन गर्नुपर्ने अवस्थामा डाक्टरको खोजी हुदा नभेटिएपछि स्थिति तनावपूर्ण बनेको हो । डाक्टरलाई पटक पटक फोन सम्पर्क गर्दा पनि घण्टौं सम्पर्कमा नआएपछि स्थानीय अस्पताल र डाक्टरप्रति आक्रोसित बनेका थिए र गर्भवती महिलालाई रेफर गरी प्राईभेट हस्पिटल त्रियुगा लगिएको थियो ।
अप्रेशन गर्नुपर्ने अवस्थाकी सुत्केरीका आफन्तले खोज्दा डाक्टर सम्पर्कविहिन भईदिएपछि डाक्टरको तिब्र खोजी मात्र भएन अस्पताल केहीबेर तनावग्रस्त बन्न पुगेको थियो । खबर लगत्तै प्रहरी प्रमुख तथा निमित्त प्रमुख जिल्ला अधिकारीसमेत त्यहाँको अवस्था बुभ्mन अस्पताल पुगेका थिए ।
सरकारी हस्पिटलबाट राम्रो सेवा पाईन्छ भन्ने आसामा गएका गर्भवती र उनका आफन्तहरुले त्यहाँ विरामीको ज्यानको सुरक्षासमेत नहुने खतरा देखेर अन्तै जानु परेको बताए । सरकारी अस्पतालको अवस्था त्यतिसम्म गिर्दासम्म सम्बन्धीत निकाय, सरोकारवालाहरु र जनप्रतिनिधिहरुले केही गर्न नसकेकोमा गुनासो गरे ।
पछि सम्पर्कमा आएका डा.अमिताभ ठाकुरले आफु बाहिर घुमफिरमा निस्केको बताउनुभयो । एउटा फोन कोठामा रहेको र एउटा फोन साथैमा रहेको तर, कतैबाट फोन नआएको बताउनुभयो ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट विशालकुमार देवले डा ठाकुर डिउटीमा नबसिदिनाले सुत्केरी र सुत्केरीको आफन्तले खोजेको बेला नभेटिएको बताउनुभयो । उहाँको कमी, कमजोरीप्रति कुरा गरिने उहाँले बताउनुभयो ।
निमित्त प्रमुख जिल्ला अधिकारी कुमार खड्काले सुचनै नगरी सम्पर्कविहिन हुनु डाक्टर ठाकुरको गल्ती रहेको बताउनुभयो । उहाँले जनताको उपचारमा आइपर्ने यस्ता कमीकमजोरीको बारेमा व्यवस्थापन, प्रशासन, कर्मचारी, चिकित्सक सबैसंग बसेर छलफल नै गरेर एउटा निस्कर्षमा जाने उहाँले बताउनुभयो ।
अस्पतालमा डाक्टर तथा कर्मचारीहरुको पनि आप्mनै गुनासाहरु सुनिएका छन् । आफुबाट लापरवाही भएको स्विकार गर्दै डा. अमिताव ठाकुरले अस्पताल व्यवस्थान र प्रशासनको लापरवाही र वेवास्ताका कारण चिकित्सकहरुलाई काम गर्न समस्या भइरहेको पनि बताए ।
अस्पतालमा विरामीसमेतलाई चर्पीमा, खानका लागि पानीको व्यवस्था नरहेको, समयमा तलब, सुविधाहरु उपलब्ध नहुने बताए । अस्पतालको व्यवस्थापन र प्रशासन राम्रो होला भन्ने आशामा नसुतेरै, अर्का चिकित्सक कमल उप्रेतीले विदामा नबसेरै खटिए पनि अवस्थामा कहिल्यै सुधार नआएको उनले गुनासो गरे । अस्पताल व्यवस्थापन र प्रशासनकै कारण आफुहरु खटिएपनि विरामीले राम्रो उपचार सेवा पाउन नसकेको उनले बताए ।
एघारौं तहसम्मको दरबन्दी रहेको सो अस्पतालमा नवौंतहसम्म कुनै चिकित्सक छैनन् । अस्पतालको दरबन्दी अनुसार नौं जना विशेषज्ञ डाक्टर र ४ जना मेडिकल अफिसर डाक्टर हुनुपर्नेमा हाल एकजना पनि विशेषज्ञ डाक्टर छैनन् । हाल आठौ तहका मेडिकल अफिसलहरु मात्र छन् । आठौं तहका डाक्टर विशालकुमार देव निमित्त मेडिकल सुपरिटेन्डेन्ट रहेका छन् । निमित्त मेडिकल सुपरिटेन्डेन्ट पनि एउटै तहका रहेपछि उनले गरेको निर्देशनलाई अन्यले पालना नगर्ने प्रबृति पनि देखिएको छ ।
मिमित्त मेसु देवले आफुले नेतृत्व पाएपछि अस्पतालमा रहेका जे जती चिकित्सक तथा स्वस्थ्यकर्मी छन्, ती सबैलाई समानरुपले सेवा, सुविधा प्रदान भईरहेको तर, एघारौं तहको चिकित्सक रहनुपर्ने अस्पतालमा आठौं तहले चलाउनु पर्दा नेतृत्वको अभाव खड्किएको बताउनुभयो ।
अस्पताल प्रशासनका नायव सुब्बा विर्षबहादुर खत्रीले अस्पतालमा सरकारले रिक्त पदहरु पुरा नगरिदिदा अस्पतालको पूर्ण संरचना फितलो बन्न पुगेको बताउनुभयो । पटक पटक विभागमा पत्रकार गर्ने काम गरिएपनि त्यसको सुनुवाई नभएको बताउनुभयो ।
निमित्त प्रजिअ खड्काले सर्बसाधारणको स्वस्थ्य उपचारको विषयमा बेलाबेलामा देखिने समस्यप्रति प्रशासन गम्भिर रहेको भन्दै समाधानको लागि विशेष पहल गरिने बताउनुभयो ।