Tuesday, June 9News That Matters

सुनको भाउ घट्यो

पूर्णपुष्टि, असोज २२

आज सुनको भाउ घटेको छ । तोलामा २ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९३ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो तोलामा ८ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९४ हजार १ सय रुपैयाँ थियो । सुनको भाउ घटे पनि चाँदीको भाउ आज बढेको छ ।

त्यस्तै आज चाँदी तोलामा ५ रुपैयाँ बढेर तोलाको ११ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।