Saturday, May 16News That Matters

ललितपुरमा दशैंमा हुने जात्रा र नाचलाई पूजा मात्रै गरिने

पूर्णपुष्टि, असोज २२ 

ललितपुरको पाटन दरबार क्षेत्रमा दशेमा गरिने विभिन्न जात्रा तथा नाचहरुलाई यस वर्ष पूजाविधिमा मात्र सीमित गरिने भएको छ ।
कोरोनाले गर्दा दरबार क्षेत्र केन्द्रीत भएर गरिने विभिन्न जात्रा तथा नाचहरुलाई यस वर्ष पूजामा मात्र सीमित गरिने निर्णय भएको महानगरपालिकाले जनाएको छ ।

दशैंका बेला मनाइने श्री मानमानेश्वरी भगवतीको खड्ग जात्रा (पायाः), अष्टमातृका नाच (गं प्याखं), ठेचोको नवदुर्गा नाच (गथु प्याखं) लगायतका नाच तथा जात्रा परम्परादेखि संचालन भइरहेका पूजाविधिमा मात्र सीमित गरिने निर्णय भएको जनाईएको छ ।
ललितपुर महानगरपालिकाको संयोजकत्वमा गुथि संस्थान कार्यालय ललितपुर, जात्रा पर्वसँग सम्बन्धित सरोकारवाला संस्था र स्थानीय गुठियारसमेत सहभागी बैठकले यस्तो निर्णय गरेको जनाईएको छ ।