
पूणर्पुष्टि, असोज २२
नेपाली फिल्मी क्षेत्रका महानायको रुपमा परिचित राजेश हमालले कोरोना माहामारी पछि आफ्नै निर्देशनमा फिल्म बनाउने जनाएको छ । हमालले अहिले फिल्मको प्रि(प्रोडक्सनको काम भइरहेको समेत बताए । फिल्ममा हमाल स्वयंको अभिनय रहनेछ ।
४ बर्ष देखि सिनेमामा देखिन छोडेको राजेश आफ्नै भुमिका रहेको शकुन्तला र बागमती दुवै फिल्म सफल बन्न नसकेपछि उनले सोचेर मात्र फिल्ममा आफुलाई प्रवेश गराउने जनाए । एक समय नेपाली फिल्ममा एकछत्र आफ्नो प्रभुत्व जमाएका अभिनेता राजेश हमाल विगत ४ वर्षदेखि काँचको पर्दाबाट टाढा छन् । 
हाल सिने क्षेत्रमा आफ्नो उपस्थिति नरहेपनि उनको व्यस्ताता भने उस्तै रहेको छ । कोरोना महामारीभन्दा अगाडि उनलाई देश तथा विदेशमा हुने सांस्कृतिक कार्यक्रममा भ्याइनभ्याइ थियो । एपी वान एचडी टेलिभिजनद्वारा सञ्चालित ‘को बन्छ करोडपति’ रियालिटी शोका होस्ट समेत रहेका उनले लकडाउनयता कान्तिपुर टेलिभिजनमा ‘जातको प्रश्न’ नामक टक शो चलाउँदै आएका छन् ।
दर्शकलाई आफ्नो न्यास्रो नहोस् भन्नका लागि उनी फुर्सदको समयमा म्यूजिक भिडियोमा पनि अभिनय गरिरहेका हुन्छन् । लकडाउन र निषेधाज्ञामा मात्र आफूलाई एक दर्जनभन्दा बढी म्यूजिक भिडियोबाट अफर आएको हमाल सुनाउँछन् । अहिले दर्शकले फिल्म हेर्न नपाएका कारण आफूले केही समयको ग्यापमा म्यूजिक भिडियोमा काम गर्ने सोच बनाएको उनको भनाई छ ।
कोरोना संक्रमण नियन्त्रणभन्दा बाहिर गएकाले तत्काल सिनेमा हल खोल्नु उचित नहुने पनि अभिनेता हमालले बताएका छन् । आइतवार एक अन्तर्वार्तामा बोल्दै ‘स्थिति सामान्य नहुँदासम्म सिनेमा हल खोल्नु नहुने हमालको भनाई छ । 
हमालले कोरोनाका कारण बिषेशगरी दर्शकहरुलाई समस्या हुने भएको हुदा तत्काल हल बन्दै गर्नुपर्नेमा जोड गर्नुभयो । उहाँले दर्शकहरुको स्वास्थ्यलाई ध्यान राख्दै पहिले दर्शकहरुको स्वास्थ्यलाई ख्याल गर्नुपर्ने जनाउनुभयो ।
