
पूर्णपुष्टि,मंसिर १५
आइतबार प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ सोमबार ९० हजार रुपैयाँ कायम भएको छ । सुनको भाउ प्रतितोला सात सय रुपैयाँले घटेको हो । आज चाँदीको भाउमा पनि गिरावट आएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
आजको कारोबारका लागि छापावाल सुनको भाउ ९० हजार र तेजाबी सुनको भाउ ८९ हजार ५५० रुपैयाँ तोकिएको छ । तेजावी सुनको भाउ अघिल्लो दिनको तुलनामा ६५० रुपैयाँले सस्तो भएको हो । महासंघकाअनुुसार चाँदीको प्रतितोला भाउ सोमबारको तुलनामा प्रतितोला ३० रुपैयाँले घटेको छ ।
