
पूर्णपुष्टि, फागुन १६
आज सुनचाँदीको भाउ घटेको छ ।
सुनको भाउ तोलामा पाँच सय रुपैयाँले घटेर तोलामा ८८ हजार तीन सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसअघि अस्ति शुक्रवार पनि सुन तोलामा पाँच सय रुपैयाँले घटेको थियो । अमेरिकामा सुनमा लगानी गर्ने कम्पनीहरुले धमाधम सुन बिक्री गर्न थालेकाले सुनको भाउ घट्न थालेको महासंघले जनाएको छ ।
यस्तै, आज चाँदीको भाउ पनि आज घटेको छ । तोलामा १० रुपैयाँले घटेर १३ सय २५ रुपैयाँमा झरेको महासङ्घले जनाएको छ ।
