
पूर्णपुष्टि, साउन १७
हप्ताको पहिलो दिन आज सुनको भाउ घटेको छ । लगातार चार दिनदेखि बढेको सुनको भाउ आज पाँच सय रुपैयाँले घटेको हो । शुक्रबार सुन तोलामा ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ घटेर तोलामा ९२ हजार ४ सय रुपैयाँमा भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, चाँदीको भाउ भने आज स्थिर रहेको छ । शुक्रबार तोलाको १ हजार २८५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि उती नै यथावत रहेको महासंघले जनाएको छ ।
