
र्णपुष्टि,मंसिर १६
आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ । सोमबार ९० हजार रुपैयाँमा करोबार भएको छापावाल सुनको मूल्य आज मंगलबार ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । आइतबार र सोमबार पनि निरन्तर घटेको सुनको मूल्य मंगलबार भने बढेको हो ।
त्यसैगरी चाँदीको मूल्य पनि सोमबारको तुलनामा प्रतितोला ३५ रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
संघले तेजाबी सुनको मूल्य भने ९० हजार ५० रुपैयाँ तोकेको छ । अघिल्लो साता तोलामा ३ हजार रुपैयाँले सुनको मूल्य घटेको थियो ।
