Sunday, June 28News That Matters

सुनको भाउ बढ्यो

पूर्णपुष्टि, फागुन २६

आज सुनको भाउ बढेको छ । सुन तोलामा ६ सय रुपैयाँले बढेर तोलाको ८६ हजार २ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको कारोबार मूल्य ८५ हजार ७५० रुपैयाँ छ भने चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १२ सय ७० रुपैयाँ पुगेको छ ।

मंगलबार चाँदी प्रतितोला १२ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।