Sunday, June 28News That Matters

हिमाल आरोहण सुरु

पूर्णपुष्टि, फागुन २६ 

बसन्तु ऋतुमा हिमाल आरोहण गर्न परमिट जारी गर्ने काम शुरु भएको छ । मंगलबार ७ हजार ८ सय ६४ मिटर अग्लो नुप्त्से हिमाल चढ्न एक दलका ४ जना आरोहीले अनुमति लिएको पर्यटन विभागले जनाएको छ । यो यस सिजनको पहिलो अनुमति हो ।

यसपटक हिमाल आरोहणलाई व्यवस्थित बनाउन एजेन्सीहरुबाट अनलाइनबाट ब्रिफिङ भरिसकेपछि आरोहण अनुमति जारी हुने व्यवस्था मिलाइएको छ । पहिलो आरोहण अनुमतिबाट नेपाल सरकारलाई २ लाख ७९ हजार २ सय ४० रुपैयाँ रोयल्टी समेत संकलन भएको विभागले जनाएको छ ।

आगामी जेठ पहिलो साताबाट बसन्त ऋतुमा जारी भएका परमिटअनुसार आरोही हिमाल चढिसक्छन् । यो सिजनमा आरोहण तुलनात्मक रुपमा सहज र सुरक्षित हुन्छ । सोहीकारण ठूलो संख्यामा पर्यटक हिमाल चढ्न नेपाल आउने गर्छन् ।