
पूर्णपुष्टि, फागुन २६
मोरङबाट मानव बेचबिखनमा संलग्न भएको आरोपमा दुई जना पक्राउ गरेका छन् । विराटनगर महानगरपालिका–१५ पशुपती टोल बस्ने ३४ वर्षीय काजी तामाङ र १६ नम्बर वडाको दक्षिण बस्ने प्रेमबहादुर मगर पक्राउ परेका हून् ।
दुवैजनालाई इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले विराटनगर नगरपालिका–१६ दक्षिण गेटबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
सिन्धुपाल्चोकका दुई जना महिलालाई होटेलमा काम लगाइदिने प्रलोभनमा पारी भारतमा बेच्न लैजान लागेको सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
घटनाको थप अनुसन्धान भैईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
