Sunday, June 28News That Matters

सुनको भाउ बढ्यो

गाईघाट, फागुन १५ गते । 

आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेको छ । सुन बढेर बिहीबार तोलाको ७९ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

हिजो  तोलामा पाँच सय रुपैयाँ घटेर सुन तोलाको ७९ हजार पाँच सय रुपैयाँ थियो । सुनको भाउ बढे पनि चाँदीको भाउ बिहीबार तोलामा ५ रुपैयाँ घटेर तोलाको नौ सय रुपैयाँमा कारोबार भईरहेको संघले जनाएको छ ।