Friday, June 5News That Matters

सुनको मूल्यमा १ हजार रुपैयाँले गिरावट

पूर्णपुष्टि, कार्तिक १३ गते ।
हप्ताको पहिलो दिन सुनको मूल्यमा एक हजार रुपैयाँले गिरावट भएको छ । आज सुनको मूल्य तोलामा एक हजार र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज छापावल सुनको मूल्य ९३ हजार, तेजावी सुनको मूल्य ९२ हजार ६ सय र चाँदीको मूल्य तोलामा १२ सय रुपैयाँ तोकिएको छ ।
तिहार अघिको अन्तिम कारोबार दिन छापावाल सुनको मूल्य ९४ हजार, तेजावी सुनको मूल्य ९३ हजार ५ सय र चाँदीको मूल्य १२ सय १५ रुपैयाँ थियो ।