सुनचाँदी ब्यवसायीहरु साधारणसभाको पक्षमा, विनात्रास, स्वतन्त्रपुर्बक काम गर्ने अधिकारका लागि एकजुट

पूर्णपुष्टि (उदयपुर), पुस १४ ।

उदयपुर सुन चाँदी ब्यवसायी संघले व्यवसायीहरुलाई विना त्रास, स्वतन्त्रपूर्वक काम गर्ने वातावरणको माग गरेको छ । संघले आज सुन चाँदी ब्यवसाय सम्बन्धी बर्तमान अवस्था अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै यस्तो माग गरेको हो । ब्यवसायीहरुले संघको केन्द्रिय सह कोषाध्यक्षसमेत रहेका त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटका कार्यवाहक अध्यक्ष रमेश रसाईलीको सुनचाँदी पसल रुजल ज्वेलर्समा एक्कासी छापा हानेको घटनालाई अर्थपूर्ण ढंगले हेरिएको बताएका छन् ।

संघको गरिमा तथा तमाम् ब्यापारी, ब्यवसायी हितमा रहेर लडिरहेका रसाईलीकै पसलमा एक्कासी छापा मारिनुले पूर्वाग्रही ढंगले उजुरी गरिएको आरोप उनीहरुको छ । राजस्व अनुसन्धान कार्यालय इटहरीले अनुसन्धान जो कोहीलाई गर्नु पाउनु स्वभाविक भएपनि रसाईली कै पसललाई मात्र टार्गेट गरिनु अहिलेको अवस्थामा शंकास्पद अवस्थामा हेरिएको उनीहरुले बताए । यसले रसाईली मात्र नभई सिंगो ब्यवसायीहरुमा त्रास फैलाउन खोजिएको उनीहरुले बताए ।

विना त्रास ब्यवसाय गर्ने अधिकारको रक्षाका लागि आफुहरु एकजुट भएको बताउदै उनीहरुले सरकार वा जो कोहीले विना कारण कसैलाई दुःख दिने काम नगर्न आग्रह गरेका छन् । एक्कासी रुजल ज्वेलर्समा छापा मार्ने काम भएपछि सो दिन त्यसको विरुद्धमा आफुहरुले पसल बन्द गरेको उनीहरुले बताए । ब्यवसायीहरुलाई अनावश्यकरुपमा दुःख दिने नियत कसैले राखेमा त्यसको विरोधमा एकजुट हुने उनीहरुले बताए ।

उनीहरुले त्रियुगा उद्योग वाणिज्य संघको लामो विवाद र अस्वस्थ प्रतिस्पर्धात्मक गतिविधि तत्काल रोकेर संघको गरिमा बचाउने कामतर्फ लाग्न माग राखेका छन् । साथै समग्र ब्यापारी, ब्यवसायीहरुको हितमा रहेर साधारणसभा गर्न माग राखेका छन् । साधारणसभाबाट मात्र लामो विवाद र झमेला टुङ्गोमा पूग्ने निश्कर्ष उनीहरुको छ ।

त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटका कार्यवाहक अध्यक्ष रमेश रसाईलीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रसाईलीले सबै ब्यापारी तथा ब्यवसायीहरुको हितमा संघले काम गर्ने बताए । अव, सबै समस्याहरुको हल खोज्नेगरी साधारणसभातर्फ उन्मुख भएको बताए । कार्यक्रमका अन्य अतिथिहरुले पनि मन्तब्य राखेका थिए । कार्यक्रम संघका अध्यक्ष गजेन्द्र बराईलीको अध्यक्षतामा भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: