Saturday, June 13News That Matters

सुनसरीको ९ वर्षीया बालिका र एक महिलाको कोरोनाबाट मृत्यु

पूर्णपुष्टि,कार्तिक १९ 

सुनसरीमा ९ वर्षीया बालिका र एक महिलाको कोरोनाबाट मृत्यु भएको छ । इटहरी–६ की ९ वर्षीया बालिका र धरान–१ की ६१ वर्षीया महिलाको आज बिहान मृत्यु भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

धरानस्थित बीपी प्रतिष्ठानमा उपचारको क्रममा उनीहरुको मृत्यु भएको हो । इटहरी–६ की ९ वर्षीया बालिकाको आज बिहान ३ः२५ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । मृत्त बालिकालाई यही कात्तिक १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई कोरोना पुष्टि भए लगतै अस्पतालमा भर्ना गरेर उपचार सुरु गरिएको थियो ।

६१ बर्षीया मृत्त महिला कात्तिक ५ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएकी थिइन् । उनी श्वास प्रश्वास र उच्च रक्तचापबाटसमेत पीडित थिइन् । ती महिलामा गत असोज ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको आज बिहान सवाँ ३ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।