Wednesday, January 14News That Matters

सुनसरीमा शसस्त्रको गोली लागेर मृत्यु भएका चालकको शव नै सडकमा राखेर स्थानियको प्रदर्शन

पूर्णपुष्टि, पौष १७ । सुनसरीको कोशी गाउँपालिका–१ स्थितमा शसस्त्र प्रहरीले चलाएको गाली लागेर मृत्यु भएका सिटि चालकको शव नै स्थानियले सडकमा राखेर प्रदर्शन गरेपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

आज बिहानको राति १ बजे तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बलको टोलीले चलाएको गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएको थियो । भारतीय क्षेत्रबाट चिनी, सर्फ र सुर्ती लगायत सामग्री लिएर घर नजिकै आईपुगेका साहलाई सशस्त्र प्रहरीले चलाएको गोली लागेको थियो । उनलाई शसस्त्रले चलाएको दुई राउण्ड गोली लागेको छ ।

साहको मृत्युपछि आक्रोशित स्थानीयले सशस्त्र प्रहरीको अस्थायी बिटमा आगजनी गर्नुका साथै पूर्वपश्चिम राजमार्गको लौकही खण्ड अवरुद्ध गरेर प्रदर्शन गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी चन्द्र खड्काले स्थानीयले गरेको प्रदर्शनका कारण सवारी साधन चल्न नसकेका जानकारी दिएका छन् । डिएसपी खड्काका अनुसार मोटरसाईकलमात्रै आवत–जावत भईरहेको भने ठुला गाडीहरु रोकिएको छ । स्थानीयले शव नै सडकमा राखेर प्रदर्शन गरिरहेको उनले बताए ।

घटनापछि प्रहरीले बिहीबार बिहान स्थानीयसँग वार्ता गरेको थियो । तर, वार्तामा सहमति भएन । स्थानीयले दोषीलाई तत्काल कारवाहीको माग गर्दै प्रदर्शन जारी राखेका छन् ।