
पूर्णपुष्टि, कार्तिक १
सुनसरी बाट उडाएको प्याराग्लाईडिङ उदयपुरमा र्दुघटना हुँदा एक जना घाईते भएको छ । आईतबार २ बजेको समयमा धरान उपमाहानरपालिका ४ बुद्ध बिहार बाट उडाएको प्याराग्लाईडिङ उदयपुरको बेलका नगरपालिका ८ लाहुरेखोच सप्तकोशी किनारमा झरी दुर्घटना हुँदा प्याराग्लाईडिङमा सवार वडा नं १ बस्ने रोशन अधिकारी घाईते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । हावाहुरी सँगै आएको बर्षाका कारण प्याराग्लाईडिङ दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
घाईते अधिकारीको डाँडमा चोट लागेको जनाएको छ । प्याराग्लाईडिङ दुर्घटना भएको भन्ने खबर पाएलगत्तै अस्थाई प्रहरी पोष्ट उदयपुरको टोलीले घाईतेको उद्धार गरी घोपा पठाइएको उदयपुर प्रहरी कार्यालयका डिएसपी वेद प्रसाद गौतमले जानकारी दिनुभयो ।


