Thursday, July 2News That Matters

सुरक्षाकर्मी र तस्कर झडप, २ जना घाईते

पूर्णपुष्टि, साउन ३

सुनसरीको हरिनगरको घुस्कीमा सुरक्षाकर्मी र तस्कर समूहबीच झडप हुँदा दुई जना घाईते भएका छन् ।

हरिनगर गाउँपालिका–७ घुस्कीमा गतराती तस्कर समूह र सशस्त्र प्रहरीबीच झडप हुँदा गोली लागेर हरिनगरका–२० वर्षीय सहजद जट अन्सारी र सशस्त्र प्रहरी जवान जीवराज बिसुन्खेको टाउकोमा चोट लागेर घाईते भएको प्रहरीले जनाएको छ ।

घुस्कीमा भारतबाट आएका समूहले काममा खटिएका सशस्त्र प्रहरीले बोकेको हतियार खोस्ने क्रममा लोड गरिएको बन्दुक पड्किएको थियो । बन्दुक पड्किंदा अन्सारीको पेटमा गोली लागेको सशस्त्र प्रहरीको नम्बर ४ गण सुनसरीले जनाएको छ ।

यसअघि हिजो पनि सुनसरीको देवानगञ्ज गाउँपालिका–३ पानीट्याङकीमा प्रहरी र भारतबाट आएका केही नागरिकबीच झडप भएको थियो ।