
पूर्णपुष्टि, माघ ११ । उदयपुरको त्रियुगा नगरपालिका–३ नदिकिनार बसपार्क गाईघाटमा आजबाट सुरु गरिने भनिएको उदयपुर एक्स्पो मेला २०८० सुरु हुन सकेन ।
तयारी पुरा नभएको कारण मेला आज सुरु गर्न नसकिएको आयोजकले जनाएको छ । जिल्ला उद्योग वाणिज्य संघका संस्थापक तथा संरक्षक गजेन्द्र कुमार भगतले तयारी पुरा नभएको कारण भोली शुक्रबार विधिगत पुजा आरधना गरी मेला सुरु गरिने बताएका छन् । औपचारीक रुपमा माघ १४ गते उद्घाटन गरी माघ २५ गते सम्म मेला संचालन गरिने उनले बताए । मेलामा राखिएको स्टलहरुमध्ये चार–पाँच ओटा स्टलहरुमा मात्रै खाजा नास्ता राखिएको छ भने अन्य स्टलहरु खाली देखिएको छ ।


