
पूर्णपुष्टि, कात्तिक २२
कोरोनाको बढ्दो संक्रमणको विचमा आजदेखि देशदर्शन बस सेवा प्रा.लि.ले पर्यटक बससेवा सुरु गरेको छ । देशदर्शनले १२ करोड रुपैयाँ लगानीमा १६ वटा पर्यटक बस खरिद गरी स्वदेशी तथा विदेशी पर्यटकलाई अत्याधुनिक सुविधासहित बस सेवा प्रदान गर्ने उद्देश्यल सेवा सूचारु गरेको हो ।
देशका प्रमुख पर्यटकीय स्थलमा दिवा तथा रात्री पर्यटक बस सेवा दिनेगरी पर्यटन बस सूचारु गरिएको नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाटा)ले जनाएको छ ।
काठमाडौं–पोखरा, काठमाडौं–जनकपुर, काठमाडौं–विरगञ्ज, काठमाडौं–लुम्बिनी, काठमाडौं–चितवन, र चितवन–पोखरामा पर्यटन बस सञ्चालनमा ल्याउने भएकाले आन्तरिक र बाह्य पर्यटकको आकर्षण बढ्ने जनाईएको छ ।
कोरोना संक्रमणका कारण बसमा यात्रा गर्दा सुरक्षाका मापदण्डलाई अनिवार्य पालनागरी यात्रा गर्नुपर्ने व्यवस्था पनि गरिएको छ ।
