
पूर्णपुष्टि, कात्तिक २२
नेपालमा आज थप दुई हजार सात सय ५३ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या एक लाख ९१ हजार छ सय ३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा दुई हजार दुई सय छ जना कोरोना सङ्क्रमित निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको संख्या एक लाख ५५ हजार एक सय १४ पुगेको छ ।
अब नेपालमा ३५ हजार चार सय ३५ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
त्यस्तै गत २४ घण्टामा १७ जनाको मृत्यु भएसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ८७ पुगेको छ ।
